जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,“ तब म आननदित र खुशी भएँ।
भजनसंग्रह १२२:१
प्रेमिलो परमप्रभुले हामीलाई पूरै छ दिन दिनुभयो ताकि हामीलाई दिएको दक्षता अनुसार काम गरुन्, तर केवल एक दिनमात्र उहाँसँग भेटघाट गर्न आरक्षित गर्नुभएको छ। यो दिन हाम्रो निम्ति आशिषको दिन हुनुपर्दछ। यस दिनमा हाम्रा सबै दैनिक आयआर्जन आदि कामहरू पन्छाएर हाम्रा सोचहरू परमप्रभुतिर र स्वर्गतिर केन्द्रित हुन सकुन्।
सारा स्वर्गले साबथ पालन गरिरहेको छ। तर चुपचाप हात बाँधेर वा ध्यान वा आराधनाको नाउँमा निस्क्रिय भएर होइन। यस दिनमा मानिसको सबै उर्जा पा बल जागृत हुनुपर्दछ। के हामीले परमप्रभु प्रभु र मुक्तिदाता ख्रीष्टलाई भेट्न आउने होइन त? उहाँलाई हामीले विश्वासद्वारा देख्न सक्छौँ। प्रत्येक भोकाएका मानव प्राणीलाई ताजा बनाउन र आशिष दिन उहाँ इच्छुक हुनुहुन्छ।
साबथ दिनको बिहान परिवार छिटो उठ्नुपर्दछ र जाँगिरिलो हुनुपर्दछ। यदि तिनीहरू ढिलो उठ्यो भने बिहानको खाना तयार गर्न र साबथस्कूलमा जान कचिङ्गल गर्न थाल्छन्। त्यसबेला तिनीहरू चर्चमा जान आतुर हुन्छन् र ठेलमठेला गर्छन्, अझ कतिपय समयमा रिसमा धैर्यता पनि गुमाउँछन्। यसरी घरमै अपवित्र भावना वा मिजासले रजाइ गर्न थाल्दछ। यसरी साबथलाई नै अपवित्र पारेको हुन्छ, साबथ भारी हुन्छ र त्यस दिनलाई प्रशन्न र प्यारो मान्नुको सट्टा हतारमा चल्ने मनस्थितिले साबथ कहिल्यै पनि नआएको भए हुन्थ्यो भनेर घरका परिवारले पुकार्दछ।
साबथ हाम्रो होइन उहाँको समय हो। उहाँले हप्ताको सातौँ दिनलाई शुद्ध र पवित्र गर्नुभएको छ। यस दिनलाई परमप्रभुको आराधना, स्तुति र प्रशंसा गर्न छुट्याइएको थियो।
साबथ दिनमा सत्य आराधनाको जोश, जाँगरलाई हृदयमा सजाउनु पर्दछ र परमप्रभुको उपासनाको उन्नत खोजिरहुनपर्दछ। यो परमप्रभुको पवित्र र शुद्ध गरिएको दिनमा उहाँप्रति विशेष भक्तिभाव देखाउनुपर्दछ। ख्रीष्टबाट आउने आत्मज्ञानको ज्योति, शान्ति, सान्त्वना र आशा पाइन्छ भनेर विश्वास गर्दै यस दिन हामी भेला हुनुपर्दछ।
जो चौथो आज्ञाको दावीलाई स्वीकार गर्दछ र साबथलाई पालना गर्दछ, त्यसप्रति सारा स्वर्ग उत्सुक भएर हेरिरहेको हुन्छ भनेर मलाई देखाइएको थियो। यस ईश्वरीय संस्थालई स्वर्गदूतहरूले चासोसाथ हेरिरहन्छन् र यसप्रति उच्च सम्मान दिन्छन्। जो भक्तहरूका हृदयहरूलाई परमप्रभुले पवित्र र चोखो राख्छन् वा राख्न दिन्छन्, दिमागको मानसिक अवस्थालाई ठिक र नियमित भक्तिभाऊमा ढाल्दछन्, आफ्नो भयाभरको सामर्थ्यले साबथको पवित्र समयलाई अझ राम्रोसँग पालना गर्न खोज्छन् र साबथलाई आनन्द र उल्लाससाथ मनाएर परमप्रभुप्रति श्रद्धा देखाउँछन्, स्वर्गदूतहरूले तिनीहरूलाई आत्मज्ञान, सुस्वास्थ्यको आशिषहरू खन्याउँछन्। ती भक्तहरूलाई विशेष तागत वा बल ती स्वर्गदुतहरूले सशक्त पार्दछन्।
२९