Jan 30, 2025

अनन्तसम्म साबथ पालनको निरन्तरता

SCRIPTURE READING — यशैया ६६:२३

एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसमम, सबै मानिस-जाति आएर मेरो सामुनने निहुरनेछन्,“ परमप्रभु भननुहुनछ।
यशैया ६६:२३
ओहो, सृष्टिकर्ताको हातबाट सृजिएको पृथ्वी कस्तो सुन्दर र मनमोहक थियो! सारा जगतको सामु परमप्रभुले पृथ्वीलाई परिचित गराउनुभयो, जुन सर्वत्र हेर्ने उहाँको आँखामा यस पृथ्वीमा अलिकति पनि दाग र खोट थिएन। सृष्टिको प्रत्येक भागमा त्यसलाई दिएको जिम्माले ओगटेको थियो। केको निम्ति उक्त भाग सृष्टि गरिएको थियो त्यो त्यसले पूरा गरेको थियो। शान्ति र पवित्र आनन्दले पृथ्वी भरिएको थियो। सबै तालमेल गरेर चलेको थियो, त्यहाँ कुनै गोलमाल थिएन, न त एक आपसमा टकराव थियो। मानिस, जन्तु जनावरहरू र बनस्पतिमा कुनै रो थिएन। तिनीहरूमा कुनै भ्रष्ट वा खराब दाग थियो। आफ्ना हातका कामहरूलाई जुन ख्रीष्टद्वारा भएको थियो परमप्रभुले हेर्नुभयो र अत्यन्तै खुशी र संतुष्ट भएर उच्चारण गर्नुभयो, “धेरै असल वा राम्रो!“
सृष्टिमै साबथलाई पवित्र गरिएको थियो र मानिसको निम्ति बनाइएको थियो। जब पृथ्वी र साबथ सृष्टि भयो तब “मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्वर्गदूतहरू रमाहटले कराए।“ अय्यूब ३८:७
साबथ केवल इस्राएली वा यहूदीहरूको लागि मात्र होइन (एडभेन्टिस्ट बाहेक अधिकाँश इसाईहरूले त्यही सिकाउँछन्), तर सारा संसारको मानव प्राणीको निम्ति हो। पाप वा यहूदी जातिको उत्थान हुनु अघि नै आदम र हव्वालाई साबथको बारेमा जानकारी दिइएको थियो। यो दश आज्ञाहरू जस्तै हो। न त दश आज्ञाहरू न त साबथ कहिल्यै नाशिनेछ। दश आज्ञा जुनमा चौथो आज्ञा पनि समावेश गरिएको छ, येशूले स्पष्टरूमा घोषणा गर्नभयो, “जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि टल्नेछैन।” मत्ती ५:१८। अर्थात् जबसम्म जगत र पृथ्वी रहन्छ तबसम्म सृष्टिकर्ताको चिनो साबथ रहिरहन्छ। जब नयाँ पृथ्वीमा अदनको बगैँचको फेरि सृष्टि हुन्छ तब सूर्यमूनि परमप्रभुको पवित्र बिश्राम दिनलाई सबैले सम्मान गर्नछन्। “एक शबाथदेखि अर्को शबाथसम्म, सबै मानिस-जाति आएर मेरो सामुन्ने निहुरनेछन्,” परमप्रभु भन्नुहुन्छ।“ महिमित नयाँ पृथ्वीका बासिन्दा उहाँको आराधना गर्न जम्मा हुनेछन्।
परमप्रभुको घरमा जम्मा भएर उहाँको सिद्ध, चोखो प्रेमका गुणहरूको बारेमा चिन्तन गर्दै हाम्रो जीवनमा तिनीहरू फस्ताउन् भनेर उहाँले सिकाउनुहुन्छ। संसारमा उहाँलाई प्रेम गरेर बसेका मानिसहरूलाई ख्रीष्टले तयार पारिरहनुभएको भवनहरूमा रहन त्यस क्रियाकलापले तिनीहरूलाई योग्य बनाउँछन्। एक साबथदेखि अर्को साबथ र एक औँसीदेखि अर्को औँसीमा तिनीहरू प्रभुको पवित्रस्थानमा भेला हुनेछन् र सिंहासनमा विराजमान हुने थुमालाई धन्यवाद दिँदै उच्च स्वरले स्तुति र प्रशंसा गर्नेछन्।
३१

previous
अघिल्लो
अर्को
previous
chat