Jan 27, 2025

पवित्र दिनको निम्ति तयार हुनु

SCRIPTURE READING — प्रस्थान २०:८

शबाथ-दिन पवित्र माननुपर्छ भनी याद राखनु।
प्रस्थान २०:८
चौथो आज्ञामा “याद गर्नु“ भन्ने आदेश परमप्रभुले दिनुभएको छ। जीवन धान्न अनेकौँ संभार, परिश्रम, सुर्ता र व्याकुल बनाउने सिलसिलामा परमप्रभुका दश आज्ञाहरूको माग अनुसार चल्न र यसको पवित्र महत्त्वलाई मानिसले बिर्सनु सक्छ भनेर उहाँलाई थाहा थियो। त्यसकारण उहाँले भन्नुभयो, “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू।“ प्रस्थान २०:८।
हप्ताभरि साबथलाई हाम्रो दिमागमा राखिरहनुपर्छ र परमप्रभुको आदेश अनुसार त्यसलाई पालन गर्न तयार गरिरहनुपर्दछ।
जब यसरी साबथलाई हामी याद गरिरहन्छौँ तब अस्थाइ चिन्ताफिक्री वा बस्तुहरूले हाम्रो आत्मिक जीवनमा अतिक्रमण गर्न सक्दैन। छ दिनमा गर्न सक्ने वा गर्नुपर्ने कुनै पनि कामहरू साबथमा गर्न छोडिने छैन। हप्ताभरीको अस्थाइ परिश्रमले हाम्रा उर्जा र ताकतहरूलाई रित्याउनेछैन ताकि प्रभु विश्राम गर्नुभएको दिनमा विश्राम नलिकन उहाँको सेवामा संलग्न हुन धेरै थकित नहोस्। शुक्रबारको दिनमा साबथको निम्ति तयार गर्ने काम पूरा होस्। सबै लुगाफाटाहरू र खानाहरू तयार होस्। साबथ दिनमा सिउनुपर्न लुगाहरू सिउन, खाना पकाउन घन्टौँ नबिताउन्, रमाइलो रमझम र मनोरञ्जन वा कुनै साँसारिक आयआर्जन वा पैसा कमाउने धन्धामा नलागुन्। घाम अस्ताउनुभन्दा अघि हप्ताभरीका आयाआर्जन गर्ने कामहरू थन्कियोस् र ती दिनहरूका कागजपत्रहरू पन्छियोस्। बुबाआमाहरू तपाईले तयारी दिनमा गर्नुभएको काम र त्यसको लक्ष्यलाई तपाईंका छोराछोरीहरूलाई बुझाउनुहोस्। यस दिनमा चर्च र आफ्नो परिवारको बीचमा भएका सबै कचकचहरू थन्क्याइ दिनुपर्दछ। सबै खालका तितोपना, रिसराग, डाहा, ईर्ष्या, वैमनश्यता र बदनियतहरू दिमागबाट निकाली दिनुपर्दछ। नम्र, नरम र झुक्ने मिजास लिएर एक आफसका गल्ती वा भूलहरूलाई स्वीकार्नपर्दछ र एक आपसको निम्ति प्रार्थना गर्नुपर्दछ। घाम अस्ताउनुभन्दा परिवारको सबै सदस्यहरू परमप्रभुको वचन पढ्न, भजन गाउन र प्रार्थना गर्न भेला होस्।
साबथ दिनमा त्यसका समयहरूको निगरानी गर्नुपर्छ। यो याद गर्नुहोस्, साबथको प्रत्येक क्षण वा मिनेट पवित्र क्षण र समय हो। ती समय वा क्षणलाई परमप्रभुलाई अर्पित गर्नुपर्दछ।
२८

previous
अघिल्लो
अर्को
previous
chat