तर हाम्रा नििमत त एउटै परमेश्वर पिता हुनुहुनछ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै नििमत हामी जिउँदछौं– हाम्रा नििमत एउटै प्रभु, येशू ख्रीषट हुनुहुनछ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।
१ कोरिन्थी ८:६
परमप्रभु कोमल, संवेदनशील, कृपालु, दयालु, करुणामय, मायालु र सदाशयी हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने र उहाँमाथि भर पर्ने प्रत्येक बालकप्रति उहाँको विशेष हेरचाह वा रेखदेख छ, उसको ख्याल राख्नुहुन्छ। येशूले सारा जगतको शासक, सनातन सृष्टिकर्ता स्वामीलाई “हाम्रा पिता“ भनेर नयाँ नाउँले सम्बोधन गर्न सिकाउनुभएको थियो।
परमप्रभु परमेश्वरको बारेमा यो नाउँले उहाँलाई सम्बोधन गर्नुको विशेष अर्थ छ: यसरी उहाँलाई “पिता“ भनेर सम्बोधन गर्दा उहाँमाथि हाम्रो प्रेम र भरोसा राख्ने चिन्ह हुन जान्छ। हामीप्रति उहाँको सम्बन्ध, दृिष्ट, स्नेह र दिने ध्यानप्रतिको प्रतिवद्धतालाई यस नाउँको सम्बोधनले जनाउँछ। जब हामीले उहाँको आशिष र कृपा तथा निगाहको निम्ति प्रार्थना गर्छौँ तब यो उहाँको कानमा मुग्ध बनाउने सङ्गित जस्तो हुन्छ।
उहाँमाथि हाम्रो सांसारिक बाबुलाई भन्दा गहिरो र बलियो विश्वास र भरोसा राख्न उहाँले हामीलाई आह्वान गर्नुहुन्छ। बाबु आमाले तिनीहरा छोराछोरीहरूलाई माया गर्छन्, तर परमप्रभुको माया ठूलो, फराकिलो, गहिरो छ। कुनै पनि मानवीय प्रेमभन्दा उहाँको प्रेम जबर, दरिलाे र मजबुत छ। यसलाई नाप्न सकिन्दैन।
परमप्रभुको बारेमा यस्तो धारणा बाइबलले बाहेक अरू कुनै धर्म वा दर्शनहरूले कहिल्यै पनि दिएको थिएन। नास्तिक, विधर्मी वा परमप्रभुमाथि विश्वास र आस्था नराख्ने तत्व वा मानिसहरूहले सर्वोच्च परमेश्वरलाई प्रेमलाई अभिप्रेरित भएर होइन डराएर मान्नुपर्छ भनेर सिकाउँदछन्। देवीदेवताहरू उग्र छन्, तिनीहरूलाई खुशी पार्न अनेकौँ बलिहरू दिनुपर्छ, शरीरलाई उपवास बसेर होस् वा अरू कुनै दु:ख दिएर होस्, यसलाई यातना दिनुपर्छ, अनेकौँ परम्परा, संस्कार र विधिहरू पालन गर्नुपर्छ र पूजाआजा गर्नुपर्छ भनेर सिकाउँदछन्। यी धारणाहरू आफ्ना छोराछोरीहरूलाई आफ्नाे प्रेमको उपहार पोखाउन उत्सुक हुने परम पिताको भन्दा अत्यन्तै फरक छ।
हामी परमप्रभुका परिवारहरूको सदश्य हुन संसारमा हाम्रो सांसारिक दर्जा, पद, ओहोदा, कुलिन वा प्रतिष्ठान घरानामा हुने जन्म, जात, लिङ्ग, राष्ट्रियता, धर्म र धर्मले दिएका अवसर र अधिकारहरूसँग कुनै सरोकार छैन। उहाँको प्रेमले सबै मानव प्राणीहरूलाई समेटिएको छ। उहाँको प्रेम समावेशी प्रेम हो। उहाँ पत्थरको हृदय नभएकोले उहाँको प्रेम, माया, सदाशयता, कोमल हृदयमा समस्त मानव जाति सामेल हुन सक्दछ। यदि हामीले कृतघ्न वा आभारित नहुने, हाम्रो गुणलाई विर्सिने, खराब र दुष्ट, हामीलाई शत्रुवत व्यवहार गर्नेहरूलाई र कसैलाई केही गर्दा वा सेवा गर्दा केही पाउँला भनेर आशा गर्दैनौँ भने हामीले परमप्रभुप्रति बफादार भएको व्याज वा अदृश्य तक्मा लगाइरहेका हुनेछौँ। यस नदेखिने व्याजले हामी उच्च परमप्रभुका सन्तान वा भक्तहरू हौँ भनेर उच्च कोटीले देखाइरहेका हुन्छौँ, अर्थात् अरूहरूप्रतिको व्यवहारद्वारा आत्मिकरूपमा हामी कुन स्तरमा छौँ भनेर देखाउँछौ, परमप्रभुको स्तरमा वा मानवीय स्तरमा।
३२