“सर्वश्रेषट शक्ति हाम्रो होइन तर परमेश्वरको महामहिम र विशिषट शक्ति हो भनी प्रषट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।”
२ कोरिन्थी ४:७
मानव माध्यमहरूद्वारा यस संसारका मानिसहरूलाई आफ्नाे सत्य सञ्चार गर्न परमेश्वर खुशी हुनुभएको थियो। आफु र उहाँको पवित्र आत्माले योग्य मानिसहरूलाई उहाँले चुन्नुभएको थियो। तिनीहरूलाई यो काम गर्न सशक्त बनाउनुभएको थियो। के लेख्ने र के बोल्ने भनेर छानेर प्रस्तुत गर्न उहाँले उहाँका लेखकहरूको दिमागलाई परिचालन गर्नुभएको थियो। यस अथाह सत्यको खजाना मानवरूपी माटोको भाँडोमा राखिएको थियो। यद्यपि, ती सबै स्वर्गबाट आएका हुन्। परमेश्वरको वचन पालन गरेर चल्ने उहाँका इच्छुक बालकहरू बाइबलमा उहाँको प्रतापी महिमा देख्दछन्। यसमा तिनीहरूले अनुग्रह र सत्यले भरिपुर्ण ज्ञानहरू पत्ता लगाइरहेका हुन्छन्।
बाइबलका लेखकहरूले तिनीहरूले पाएका सन्देशहरू मानवीय भाषामा व्यक्त गर्नुपरेको थियो। मानव प्राणीले आफ्नै हात प्रयोग गरेर बाइबल लेखेका थिए। ती मानिसहरूले पवित्र आत्माले नै प्रेरणा दिनुभएको थियो। असिद्ध समझ वा बुझ्नेशक्ति नभएको मानिसले बाइबलमा लेखिएको भाषा शैलीलाई आलोचनात्मक दृष्टिले हेर्न सक्दछन्, तिनीहरूको भ्रष्ट दिमागले अनेकौँ चतुराइ प्रयोग गरेर, आफ्नै धारणा र दर्शनहरूलाई घुसाएर सत्यलाई कुल्चन सक्दछन्, अझ कतिपयले त आफुलाई खुशी पार्न बाइबल पढ्छन्। बाइबलमा यस्ता सामग्रीहरू छन् जसलाई मानिसहरूले बँग्याउन कठिन छैन।
प्रभुले मानिसलाई बाइबल श्रृखलाबरूपमा एक एक गरेर नटुक्रिने साङ्ला जस्तो गरेर दिनुभएको थिएन। तर अलि अलि गरेर मानिसको बुझ्न सक्ने र ग्रहण गर्ने क्षमता अनुसार पुस्तौँ पुस्ता लगाएर बाइबलका सत्यहरू दिइएको थियो। विभिन्न समयमा र विभिन्न स्थानहरूमा उहाँले सुयोग्य र उहाँका भक्त मानिसहरूलाई प्रयोग गरेर उहाँको सत्यलाई उपयुक्त समयमा प्रभाव पर्नुपर्ने मध्यनजर राखेर नै बाइबल दिइएको थियो। पवित्र आत्माले परिचालन गरेको अनुसार मरणशील मानिसहरूले नै प्रभुको वचन आफ्नै भाषा र शैलीमा लेखेका थिए।
बाइबल सिद्धरूपमा क्रमवद्ध गरेर लेखिएको होइन। झट्ट हेर्दा बाइबलमा भएका कतिपय सत्य र प्रभुले गर्नुभएको कारोबार बाझिएको त देखिन्छ। तर बाइबलमा भएका सत्यहरू वा सत्य आत्मज्ञानहरू समुद्रमा मोती जस्तै डुबिएका छन् र समुद्रको जमिनको सतहमा लुकेर तैरिरहेका छन्। तिनीहरूलाई खोज्नै पर्छ। मेहनत र परिश्रम गरेर त्यसमा भएको अमूल्य मोतीहरू खन्दै निकाल्नुपर्दछ। बाइबललाई गहिरो रूपमा नपढि केवल सतहमामात्र हेर्ने मानिसहरूले तिनीहरूमा भएको हल्का, देखावटीपनाको ज्ञानले सज्जिएकाहरूले बाइबल धर्मग्रन्थ हो, यो केवल इसाई र धर्मगुरुहरूको निम्तिमात्र लेखिएको हो र हामीले बुझ्न सक्दैनौँ भनेर पन्छाउँछन्। बाइबलमा कतिपय कुराहरू बाझिएका छन् र तिनीहरूले यसको आधिकारिताको प्रश्न गर्दछन्। तर सत्यसँग हृदयदेखि तालमेल गरेर चल्नेहरूले बाइबलमा भएका सत्यहरू खन्दै निकाल्दछन्। अनि तिनीहरूले पत्ता लगाएका सत्यहरू कुनै मानिसको चतुऱ्याइद्वारा होइन प्रभुबाट नै हो भनेर दिमागमा प्रभाव पारिराख्छन्। आत्मज्ञानको ज्योतिले चहकिलो भएको मानिसले बाइबलमा भएको आत्मिक एकतालाई देख्दछ। यसमा सत्यलाई महान् सुनको धागोले एकैनास गरेर बाँधिरहेको उसले देख्दछ। तर त्यो अमूल्य सुनको धागोलाई हेर्न सक्ने खुबी वा दक्षता हुन धैर्यता, प्रार्थना र सोचबिचारहरूको आवश्यक छ।
६