तयसबाहेक तिनीहरूलाई पवित्र पार्ने म परमप्रभु नै हुँ भनने कुरा तिनीहरूले जानून् भनेर तिनीहरू र मेरो बीचमा चिनहको लागि मैले तिनीहरूलाई शबाथदिनहरू पनि ठहराइदिएँ।“
इजकिएल २०:१२
इस्राएलीहरू सांसारिक कनानमा जान मिश्रदेशबाट निस्केका थिए। तिनीहरू पृथ्वीका अरू जातिहरूभन्दा विशिष्ट जाति हुन् भनेर पहिचान गराउन र अलग गर्न अदनको बगैँचामा दिएको साबथ तिनीहरूलाई चिनो वा चिन्हस्वरूप फेरि सुम्पिएको थियो। अहिले पनि परमप्रभुका जनहरू संसारबाट निस्केर स्वर्गको विश्राममा पस्न यात्रा गरिरहेकाछन् र तिनीहरू अरूहरू भन्दा भिन्नछन् भनेर पहिचान गराउन वा देखाउन तिनीहरूलाई चिन्हस्वरूप साबथ दिएकोछ।
साबथको विधिको पालनाको केही विशेष अर्थहरू छन्: परमप्रभुले आफ्नाे बारेमा ज्ञान वा जानकारीलाई सुरक्षीत राख्न उहाँले साबथ स्थापना गर्नुभएको थियो र उहाँका बफादारी जनहरू र उहाँका दश आज्ञाहरूलाई उल्लङ्घन गर्ने वा येशू क्रूसमा मर्नुभयो अब मानिसलाई चाहिने मौलिक र नैतिक नीति दश आज्ञाको औचित्य समाप्त भयो भन्ने झुण्डहरूको बीचमा भिन्नता राख्न साबथ दिएको थियो। (यसमा इसाई हुँ भनेर दावी गर्ने तर दश आज्ञालाई तिरस्कार गर्ने र सिकाउनेहरू विशेष पर्दछन्)।
साबथ येशूको निजी सम्पत्ति हो। उहाँले सबै थोक बनाउनुभएकोले उहाँले साबथ पनि बनाउनुभयो। उहाँले गर्नुभएको सृष्टिको कामले उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर याद दिलाउन साबथ स्मारकको रूपमा स्थापना गरि अरू दिनहरूभन्दा अलग राख्नुभएको थियो। उहाँ सृष्टिकर्ता र पवित्र गर्ने वा शुद्ध पार्ने हुनुहुन्छ भनेर साबथले औँल्याउँदछ। स्वर्ग र पृथ्वीमा भएका यावत थोकहरूको सृष्टिकर्ता र सम्भारकर्ता चर्चको पनि शिर वा प्रमुख हुनुहुन्छ र उहाँकै शक्तिले हामीलाई परमप्रभु परमेश्वर पितासँग मिलाप गर्नुहुन्छ भनेर साबथले घोषणा गर्दछ। इस्राएलीहरूको बारेमा बोल्दै उहाँले भन्नुभयो, “तिनीहरूलाई पवित्र पार्ने म परमप्रभु नै हुँ भन्ने कुरा तिनीहरूले जानून् भनेर तिनीहरू र मेरो बीचमा चिन्हको लागि मैले तिनीहरूलाई शबाथदिनहरू पनि ठहराइदिएँ।“ इजकिएल २०:१२ अरू कुनै प्रयासले होइन ख्रीष्टलेमात्र हामीलाई पवित्र, निर्दोषी र शुद्ध पार्नुहुन्छ भन्ने प्रमाण दिन साबथ चिन्हको रूपमा दिइएको हो। उहाँको पवित्रकरण गर्ने शक्ति छ भनेर चिनोको रूपमा दिएको साबथ ती सबैको निम्ति हो, जो ख्रीष्टद्वारा इस्राएलका परमप्रभु परमेश्वरकहाँ आएर उहाँको परिवारमा सम्मिलित हुन्छन्।
ख्रीष्टको सृष्टि गर्ने र मुक्तिदिने शक्तिलाई स्वीकार गरि साबथलाई हृदयमा सजाइ राख्नेलाई साबथले आनन्द र हर्ष दिलाउँदछ। साबथमा तिनीहरूले ख्रीष्टलाई देख्नेभएकोले उहाँमा तिनीहरू आनन्द र खुशी हुन्छन्। मुक्तिदिने महान शक्ति उहाँमा नै छ भनेर प्रमाणीत गर्न उहाँको सृष्टि गर्ने कामले देखाउँछ, साबथले तिनीहरूलाई त्यही सत्य औँल्याउँछ। अदनको बगैँचमा गुमाएको शान्ति मुक्तिदाताद्वारा पुनर्स्थापित गरिएको छ भनेर साबथले नै आह्वान गर्दछ। प्रकृतिमा भएको प्रत्येक थोकले उहाँको यो निमन्त्रणा वा आह्वानलाई दोहोऱ्याउँछ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।“ मत्ती ११:२८। परमप्रभु र उहाँका जनहरूलाई एकताको शुत्रमा राख्ने सुनौलो सिक्री साबथ हो।
२७